
सल्यान, ३० वैशाख । सल्यानमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ४ देउलीकी स्थानीय ३२ वर्षीया कमला बुढा घरको माथिल्लो तलामा धारिलो हतियार प्रहार गरि हत्या भएको अवस्थामा शब फेला परेको थियो । उनका ३४ वर्षीय पति मनोज बुढा घर बाहिर दलानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
घटनास्थल पुगेका सल्याका प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले पत्निको हत्या पछि पतिले पनि आत्महत्या गरेको आशंका भइ रहेको बताए । कमलाको घाँटी छिनालीको अवस्थामा बेडमै शब फेला परेको प्रहरीले जानकारी दिएको छ । बुढा दम्पत्तिका ९, ७ र ४ बर्षका तीन छोराहरु छन् । आइतबार बिहान पाँच बजे तिर बुवाले नै सुतिरहकी आमा माथि धारिलो हतियार प्रहार गरि हत्या गरेको बयान एक बालकले प्रहरी संग गरेका छन् ।
प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार