२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौ, १ जेठ । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो ।

पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो । यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो । 

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।उक्त फैसला विरुद्ध लामिछाने पुनरा वेदनका गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस