२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता

दाङ, २ जेठ । राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवस दाङ शाखाले खेलकूद तथा वनभोज कार्यक्रम गरेर मनाएको छ । दिवसका अवसरमा पारी तुलसीपुरमा फूटसल प्रतियोगिता आयोजना गरिएको थियो । जसमा जनप्रतिनिधि, प्रेस चौतारी, अनेरास्वव्यु तथा युवा संघको समूह सहभागी भएका थिए । खेलकूद कार्यक्रम पछि संघले वनभोज कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेको थियो । 

राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष विवेक योगीको अध्यक्ष एवं संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज देबु बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी खेलकूद संयोजक दीपक केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव सम्राट भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस