२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

तुलसीपुर उवासंघका नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

दाङ, ३ जेठ । तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाएका थिए । अध्यक्षको सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष केसीले अन्य पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस