
दाङ, ५ जेठ । सतप्रतिशत अक्षर सुधार कार्यशाला कार्यक्रम राप्ती गाँउपालिका को आयोजनामा मा .वि बिद्यालयहरु मा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै डिभाइन इन्स्टिच्युट का प्रमुख तथा उक्त कार्यक्रमका प्रशिक्षक हिमाल डाँगी ले अक्षर सुन्दर र आकर्षक व्यक्तित्व निर्माण गर्ने आधारभुत कुरा भएकाले यस्ता कार्यक्रम गर्न सके बिद्यालय को शैक्षिक सुधारमा समेत महत्वपुर्ण भुमिका रहने बताएका छन ।

शिक्षा महाशाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बिश्वास सेर्पाइली ले परिक्षा प्रणाली , मुल्यांकन को माध्यम नै हस्तलेखित हुने भएकाले यसलाई सुन्दर , नियमबद्द गरि शिक्षक बिद्यार्थी सबैले पालना गर्नु पर्ने बताएका हुन । अक्षर लेखन कला हो यस्लाइ नियमित अभ्यास र शिक्षक को निगरानी हुन सके सबै बिद्यार्थी मा एउटै लिपि बन्न सक्ने र विद्यार्थीलाई आत्मबिश्वासी, श्रीजनशिल र धैर्यवान बनाउन नियमित र सुन्दर लेखन प्रस्तुतिले सहयोग पुर्याउने समेत बताएका हुन । त्यस्तै शिक्षक प्रतिनिधि बाट स प्र अ खिम बहादुर ओलि ले पछिल्लो समय विद्यार्थी मा लेख्ने पढ्ने बानि मा ह्रास आएकाले अक्षर सुधार र उत्प्रेरणा कार्यक्रम ले सकारात्मक परिणाम देखिएको बताएका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षता मा भएको कार्यक्रम को सहजीकरण प्र अ लक्ष्मण भण्डारी र हरिलाल दर्लामि मगर ले गरेका थिए ।