काठमाण्डौ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले २९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले १५४ मत प्राप्त गरेका थिए । शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो ।
कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भएका हुन । उनले ३१३ मत प्राप्त गरेका छन । सचिवमा बलराम भट्टराईले १३९ मत प्राप्त गरी विजयी भएका छन । उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिएका हुन । कूल ४६६ मतदाता रहेकोमा ४५८ मत खसेको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार