दाङ, ७ जेठ । दाङको दङ्गिशरणमा सार्वजनिक सुनुवाइ सुरु भएको छ । जसअनुसार आज वडा नम्बर १ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
दङ्गिशरण गाउँपालिकाको आयोजना तथा ब्ल्याक डाइमण्ड फिल्मस प्रा.लि. को व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाका १६ जना भन्दा धेरै नागरिकले विभिन्न गुनासा, जिज्ञासा तथा प्रश्नहरु राखेका थिए । उनीहरुले विशेषगरि सडकको समस्या, गोल्टाकुरी स्वास्थ्य चौकीमा सामान्य औसधि पनि नपाइने समस्या, खोला र नदिले खेतबारी कटान गर्ने समस्या रहेको बताएका थिए, भने कृषि औजार वितरण र पशुमा लगाउने खोपका बारेमा समेत प्रश्न उठाएका थिए । त्यसैगरी खानेपानीका ट्याङ्की निर्माण गरिएपनि कामले पुर्णता नपाउदा खानेपानीको समस्या भएको बताएका छन् । यस्तै आधारभुत बिधालय बाकीबेटारपुरमा शिक्षाको गुणस्तर सुधारका लागि प्रत्येक महिना अभिभावक भेला बोलाउनुपर्नेमा कार्यक्रममा उपस्थित वडाका नागरिकले जोड दिएका छन । यस्तैगरि फुर्केसल्लिका नागरिकले जंगली जनावरको हैरानीबाट मुक्त गराउन तारजालिको व्यवस्था गर्न माग गरेका छन भने खानेपानीको पाइप लागलागिबाट जलेर नस्ट हुदा पानीको समस्या झेल्नुपरेको भन्दै यसतर्फ वडाको ध्यानाकर्षण गराएका छन् ।
नागरिकबाट आएका गुनासा तथा प्रश्नको जवाफ सम्बन्धित विषयगत शाखाका प्रतिनिधिले दिएका थिए । जसमा कृषिसङ्ग सम्बन्धित जिज्ञासामा कृषि प्राबिधिक लोकमान चौधरीले प्रष्ट पारेका थिए भने स्वास्थ्य सम्बन्धि प्रश्नको जवाफ आधारभुत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्माले दिएका थिए । शिक्षा सम्बन्धि प्रश्नको जवाफ आधारभुत बिधालयका प्रधानाध्यापक दिपक बिष्टले दिएका थिए भने केही नागरिकका जिज्ञासामा वडा सदस्य मिना चौधरीले पनि जवाफ दिएकि थिईन । यस्तै मुख्य जवाफदेहि वक्ताको रुपमा रहेका वडा अध्यक्ष रमेश भण्डारीले समग्र वडाको तर्फबाट सम्पुर्ण प्रश्न तथा जिज्ञासाहरु मेटाउने प्रयास गरेका थिए । जसमा फुर्केसल्लिको खानेपानी समस्याको लागि पाइपको व्यवस्थापन गर्ने काम भैरहेकाले अब तत्कालै यो समस्या समाधान हुने अस्वासन दिएका छन भने जंगली जनावरको समस्या समाधानका लागि यो बर्ष केही ठाउँमा तारजाली लगाउने काम भएको भन्दै अब अन्य ठाउँमा पनि बिस्तारै पुरा गर्दै जाने बताएका छन । यस्तै सार्वजनिक भन्दा व्यक्तिगत समस्याहरु बढी आउने गरेको भन्दै उनले सानातिना घरायसी कामपनि सरकारले गरिदियोस भन्ने मानसिकताबाट मुक्त हुन नागरिकलाई आग्रह गरेका थिए । कतिपय कामहरु वडाको क्षेत्राधिकार भन्दा बाहिरका रहेकाले समस्या भएको र बजेट अभावले गर्दापनि सोचे अनुसारको काम गर्न नसकिएको भन्दै आगामी दिनमा वडाबासिका मागलाई मनन गर्दै अगाडि बढ्ने वडा अध्यक्ष भण्डारीले बताएका हुन ।
वडासचिव मन बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण संचारकर्मी एज. आर. मगरले गरेका थिए ।