
अंकित खनाल
दाङ, ७ जेठ । – तुलसीपुर उपमहानगरपालिका वडा न. ११ स्थित माेतिपुरमा रहेकाे माेतिपुर र दंगिशरण जाेड्ने बबई नदि झुलुङ्गे पुल अहिलेकाे समयमा निकै भाईरल रहेकाे छ । त्यहा प्रत्येक दिन १००/२०० जनाकाे हाराहारीमा त्यस् स्थानलाई हेर्न र घुम्नका निमित्त, निकै टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् । तर त्यहा मानिसहरु घुम्न जाने तर फाेहाेर जथाभावी फाल्ने गरेपछि त्यहाको सुन्दरता नै हराउन थालेकाे भन्दै , आज साेहि ठाउँ स्थित चन्द्राेदय बिद्या कुञ्ज बाेर्डिङ स्कुलका बिद्यार्थीहरु गई त्यहाको फाेहाेर सफा गरि व्यवस्थापन गरेका छन् ।

स्थानिय पाठ्यक्रम हाम्रो तुलसीपुर अन्र्तगत स्थानिय पर्यटकिय क्षेत्रको अध्ययन अवलोकन गराउदै सामाजिक कार्य प्रति रुचि बढाउन बिद्याकुञ्जले सरसफाई कार्यक्रम आयोजना गरेको थियो । “हामी सबैको एउटै नारा स्वच्छ रहोस तुलसीपुर सारा ” भन्ने मुल उदेश्य का साथ यस कुञ्जका कक्षा ८ का सम्पुर्ण विद्यार्थीहरुले तुलसीपुर -११ मोतिपुरमा रहेको पर्यटकीय स्थल बबई नदीमा रहेको झुलुङ्गे पुलमा गएर एक कार्यक्रमका बिच सरसफाई अभियान सम्पन्न गरेकाे , साेहि स्कुलका शिक्षक पदम कार्की ले जानकारी दिनुभएको छ ।
यस अघि पनि बिद्यार्थीहरु ले स्कुल देखि भईलाे खेलेर जम्मा गरेकाे केही रकम मानव आश्रममा गई खाना खुवाएका थिए । गत बर्षका दिनहरुमा यस् कुञ्जका बिद्यार्थी ले केही न केहि नयाँ उदेश्यका साथ अघि बढेको देखिन्छ । त्यसै बिच अब आउदा दिनहरुमा समाजका निम्ति अझै केही नयाँ गर्ने बिद्यार्थी ले बताएका छन् ।