२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

महालक्ष्मी विकास बैंक घोराही शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दाङ, ८ जेठ । देशका विभिन्न क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले जेठ ७ गते देखि ३० औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंक घोराही शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जीवन दान” भन्ने मूल नारा रहेको शाखाको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकको लुम्बिनी प्रदेश “ख” का प्रदेश प्रमुख श्री खगेन्द्र बहादुर साउदको प्रमुख आतिथ्यमा भएको थियो । उक्त रक्तदान कार्यक्रममा विभिन्न संघ संस्थाका कर्मचारी, बैंकका ग्राहकहरु, विद्यार्थीहरु र बैंकका कर्मचारीहरुको सहभागी रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावलाई घोराही शाखाका शाखा प्रमुख केशव भण्डारी लगायत सम्पुर्ण कर्मचारीले धन्यवाद व्यक्त गरेका छ्न । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस