२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

नेकपा एमाले दाङको अध्यक्षमा आचार्य चयन

दाङ, ८ जेठ । नेकपा एमाले दाङको १४ औं जिल्ला अधिवेशनले शिवकुमार आचार्यको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरी चयन भएका छन् । महिला क्लष्टरबाट ३२ जना, दलित क्लष्टरबाट १६ जना, युवा क्लष्टरबाट १८ जना निर्वाचित भएका छन् ।

घोराही उपमहानगरपालिकाबाट २५ जना, तुलसीपुर उपमहानगरपालिकाबाट २५ जना, लमही नगरपालिकाबाट सातजना, राजपुर गाउँपालिकाबाट ५ जना, गढवा गाउँपालिकाबाट ६ जना, राप्ती गाउँपालिकाबाट ६ जना, बंगलाचुली गाउँपालिकाबाट ५ जना, दंगीशरण गाउँपालिकाबाट ६ जना, शान्तिनगर गाउँपालिकाबाट ५ जना र बबई गाउँपालिकाबाट ७ जना सदस्य निर्वाचित भएका छन् । भूगोलर्फत ३५ जना र ६२ जना पार्टी सदस्य सङ्ख्याका आधारमा पालिकामा सदस्य बाँडफाँड गरिएको थियो । मिसन ८४ लाई मध्यनजर गर्दै सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले दाङले जनाएको छ । नवनिर्वाचितहरुको सपथ ग्रहण मंगलबार हुनेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस