
दाङ, ८ जेठ । दाङको दङ्गिशरणमा सार्वजनिक सुनुवाइ सुरु भएको छ । जस अनुसार आज वडा नम्बर २ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
दङ्गिशरण गाउँपालिकाको आयोजना तथा ब्ल्याक डाइमण्ड फिल्मस प्रा.लि. को व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाका १० जना भन्दा धेरै नागरिकले विभिन्न गुनासा, जिज्ञासा तथा प्रश्नहरु राखेका थिए ।
नागरिकबाट आएका गुनासा तथा प्रश्नको जवाफ कार्यपालिका सदस्य कृष्ण बि क र वडा अध्यक्ष डम्बर खत्री दिएका थिए । वडा सदस्य मोहन बि क को स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण सन्चारकर्मि एज. आर. मगरले गरेका थिए ।
प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार