२०८२ असार २८ गते शुक्रवार | 2025 July 11th Friday

दङ्गिशरण गाउँपालिका वडा नम्बर ३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

दाङ, ९ जेठ । दाङको दङ्गिशरण गाउँपालिका सार्वजनिक वडा नम्बर ३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा ब्ल्याक डाइमण्ड फिल्मस प्रा.लि. को व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाका करिब २२ जना भन्दा धेरै नागरिकले विभिन्न गुनासा, जिज्ञासा तथा प्रश्नहरु राखेका थिए ।

उनीहरुले विशेषगरि सडक , स्वास्थ्य चौकीमा सामान्य औसधि पनि नपाइने , कृषि औजार वितरण र पशुमा लगाउने खोपका बारेमा प्रश्न उठाएका थिए । त्यसैगरी खानेपानी , शिक्षा विद्यालयका बारेमा पनि जिज्ञासा उठाएका थिए । नागरिकबाट आएका गुनासा तथा प्रश्नको जवाफ सम्बन्धित विषयगत शाखाका प्रतिनिधिले दिएका थिए । 

स्वास्थ्य सम्बन्धि प्रश्नको जवाफ आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख प्रलात चौधरीले दिएका थिए । शिक्षा सम्बन्धि प्रश्नको जवाफ बिरेद्र मा.बि हेकुलिका शिक्षक जेतेन्द्र डाङ्गी र श्री सरस्वती आधारभुत विद्यालयका प्र.अ फिरुलाल चौधरीले दिएका थिए । भने मुख्य जवाफदेहि वक्ताको रुपमा रहेका वडा अध्यक्ष सुकलाल चौधरीले समग्र वडाको तर्फबाट सम्पुर्ण प्रश्न तथा जिज्ञासाहरु मेटाउने प्रयास गरेका थिए ।

यस्तै प्रमुख अतिथि जिल्ला समन्वय समिती सदस्य टोपाराम चौधरीले समग्र वडा संगै जिल्लामै सार्वजनिक भन्दा व्यक्तिगत समस्याहरु बढी आउने गरेको बताएका थिए । उनले सम्पुर्ण काम सरकारले गरिदियोस भन्ने मानसिकता बाट मुक्त हुन नागरिकलाई आग्रह गरेका थिए । कतिपय कामहरु वडा गाउँ क्षेत्र जिल्लाको भन्दा पनि बाहिरका रहेकाले धेरै समस्या हुने भएको बताए । वडा सदस्य लक्ष्मण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण संचारकर्मी एच.आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस