२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

कुपिन्डे तालमा डुबेर महिलाको मृत्यु

सल्यान, १० जेठ । सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–८ मार्के आरामेलटाकुरा निवासी ३० वर्षीया कमला कुवर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिएका छन । प्रहरीका अनुसार कुवर आज बिहान बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न गएकी थिईन ।

सोही क्रममा तालमा डुबेकी कुवरलाई आफन्त र स्थानीयले उद्धार गरी अस्पताल पुर्याएपनि डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ताल नजिकै रहेको बराह मन्दिरमा पुजा गरी नुहाउने क्रममा देउता चढ्यो भन्दै गहिरो तिर गएपछि उनि डुबेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस