२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

दङ्गिशरण गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ सम्पन्न

दाङ, ११ जेठ । दङ्गिशरण गाउँपालिका सार्वजनिक वडा नम्बर ४ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा ब्ल्याक डाइमण्ड फिल्मस प्रा.लि. को व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाका करिब १४ जना भन्दा धेरै वडा वासिले विभिन्न गुनासा, जिज्ञासा तथा प्रश्नहरु राखेका थिए ।

उनीहरुले विशेषगरि खानेपानी, विधुत, सडक , स्वास्थ्य, शिक्षा लगायतका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए । वडा वासीबाट आएका गुनासा तथा प्रश्नको जवाफ मुख्य जवाफदेहि वक्ताको रुपमा रहेका वडा अध्यक्ष सुमन थारुले सम्पुर्ण प्रश्न तथा जिज्ञासाहरु जवाफ दिएका थिए ।

कार्यपालिका सदस्य तथा वडा सदस्य दोर्पती थरुनीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण संचारकर्मी एच.आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस