
दाङ, १३ जेठ । पत्रकार कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइँदैछ। प्रेस सेन्टर नेपालले केन्द्र, प्रदेश र जिल्ला शाखाले प्रभातफेरी, अन्तरक्रिया, पत्रकार सम्मान लगायतका कार्यक्रम गरी जनपक्षीय पत्रकार र प्रगतिशील साहित्यकार सेनको स्मृति दिवस मनाउन लागेको हो । महासचिव सन्तोष पौडेलका अनुसार केन्द्रको आयोजनामा काठमाडौं बबरमहलबाट प्रभातफेरी निकालिएको छ ।
जनादेश साप्ताहिकका सम्पादक रहेका उनलाई जेठ ७ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । गिरफ्तारीपश्चात् महेन्द्र पुलिस क्लबमा हिरासतमा चरम यातना दिँदा २०५९ जेठ १३ गते उनको मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार