२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण

दाङ, १३ जेठ । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन दाङ शाखाले निःशुल्क मृगौला परिक्षण गरेको छ । शाखाले आइतबार नेपाल पत्रकार महासघं दाङको प्रागंङणमा एक कार्यक्रमको आयोजना गरि पत्रकारहरुको लागि निःशुल्क मृगौला परिक्षण कार्यक्रम गरेको हो । त्यस अवसरमा ३७ जना पत्रकारहरुले मृगौला परिक्षण गराएका थिए । 

नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले स्थापनाकालदेखि नै प्रजातन्त्रको विकास  र संर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । प्रेस स्वतन्त्रताका लागि प्रेस युनियनको भूमिका अतुलनीय रहँदै आएको उल्लेख गरेका थिए । 

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे, नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसी, सचिव आरके शितल, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रेस चौतारीका पुर्वअध्यक्ष जेएन सागर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैबिच नेपाल प्रेस युनियन दाङले आफ्नो वेबसाइट सार्वजनिक गरेको छ । युनियनको ३३ औँ स्थापना दिवसको अवसर पारेर शाखाले वेबसाइट सार्वजनिक गरेको हो । 

नेपाल प्रेस युनियन दाङ शाखाका उपाध्यक्ष गोपाल शर्मा भट्टाराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष पार्वती बस्नेत र सहजीकरण सचिव अमर भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस