दाङ, १४ जेठ । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहन एक समाजसेवीले दाङका विपन्न बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका हुन । दाङको घोराही उपमहानगरपालीका वडा नं १५ मा घर भई समाज सेवा तथा ज्योति इनर्जिका प्रोप्राइटर युवा ब्यबसायि भरतमणि अधिकारीले सोमबार आफ्नो जिल्ला घोराही उपनपा वडा नं ३मा अवस्थित श्री माध्यामिक विद्यालय झिङ्नि बञ्जारीका गरीव तथा विपन्न विद्यार्थिलाई २० हजार बराबरको झोला , जुत्ता र ड्रेस सहयोग गरेका हुन भने १ जना अभिभावक बिहिन कक्षा १ मा अध्ययणरत अर्कैको घरमा आश्रय लियर पढ्दै गरेकि विद्यार्थि मन्जु बिकलाई सोहि विद्यालयमा अध्ययण गर्दा सम्म हरेक बर्ष १÷१ जोर विद्यालय पोसाक सहयोग गरेका हुन । सहयोग कार्यक्रम लियर विद्यालयमा जादा आफन्ति तथा घर परीवार कोहि पनि नभएर विद्यालय पोसाक समेत नभएकि उक्त छात्रालाई बार्षिक सहयोग कार्यक्रमको घोषणा गरेका हुन । श्री माध्यामिक विद्यालय झिङ्नि बञ्जारी ४५ जना विद्यार्थिहरुलाई आबश्यकताका आधारमा जुत्ता , झोला तथा विद्यालय पोसाक सहयोग गरेका हुन । विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा ४५ जना विद्याथीलाई अभिभावकको उपस्थितिमा समाजसेवी भरतमणि अधिकारी तथा उँनकि धर्मपत्नि बिष्णु अधिकारीले सहयोग हस्तान्तरण गरेका हुन । हरेक जन्मदिनमा चरम गरिबीका कारण पठनपाठनमा समस्या परेका, आर्थिक अभावका कारण उपचारमा बन्चित भएका लगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको उनले बताएका हुन । घोराहीका हरेक क्षेत्रमा उनको निरन्तर सहयोग छ, विद्यार्थीको शैक्षिक र भौतिक पूर्वाधारमा पनि अतुलनीय योगदान रहेको छ । अधिकारीले जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताएका हुन । शिव प्रसाद अधिकारी तथा डिला अधिकारीको कोखबाट बि.स २०३० सालमा कान्छो सन्तानको रुपमा जन्मिनुभएका भरतले उच्च शिक्षा पश्चात एक दशक बैदेशिक रोजगारमा बिताउनुभएको थियो त्यस लगतै सन २०१० बाट नेपालमै केहि गर्ने उद्धेश्यले ज्योति इनर्जि नामक ब्यबसायिक संस्था दर्ता गरी समाज सेवा तथा ब्यबसायमा लागेका थिए । उनै समाजसेवि अधिकारीको जन्मदिनको अवसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद शर्माले गरेका हुन थियो भने स्वागत तथा जानकारी सहायक प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।