२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

महिनावारी भएको बेला महिला ट्राफिकले ड्युटी गर्नु पर्दैन : गृहमन्त्री

काठमाडौं, १५ जेठ । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिएका हुन । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन ।

महिनावारी हुँदा सडकमा महिला ट्राफिक नखटिने बरु यसको साटो जाँड–रक्सी खाएर ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सघाउने भएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस