
के.वि वली ।
दाङ, १५ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गुरु जजुर मावि रक्षाचौर दाङ देशभरका बिद्यालयहरु मध्य टप ६ मा पर्न सफल भएको छ ।

२०७९ सालको SEE परिक्षामा २२८ जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट ६ नम्बर भित्र समावेश भएको हो। गुरु जजुरका ५२.५२ प्रतिशत विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएका हुन् ।
माध्यमिक शिक्षा परीक्षामा कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराइ ३० प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अङ्क (जीपीए) ३.२ वा सो भन्दा माथि प्राप्त गर्ने १५ सामुदायिक विद्यालय सार्वजनिक गरिएको छ ।
देशभरका टप १५ मा पर्ने अन्य बिद्यालयहरु विराटनगरको पोखरीया माध्यमिक विद्यालय, कपिलवस्तुको जनता मावि पिपरा , गरुडा बैरिया मावि रौतहट , सरस्वती मावि दिक्तेल खोटाङ, जुद्ध मावि गौर रौतहट, गुरु जजुर मावि रक्षाचौर दाङ, सरस्वती मावि पिपरा भलोहिया रौतहट, नारायण नमुना मावि भरतपुर चितवन रहेका छन् ।
त्यस्तै श्री अमरसिंह मावि रामघाट कास्की, बागिश्वरी मावि, तौलाछें टोल भक्तपुर, ज्ञानोदय मावि, पुरानो कालीमाटी, काठमाडौँ, आदर्श मावि विराटनगर, मोरङ, कालिका मानवज्ञान मावि बुटवल, रुपन्देही, कान्ति मावि बुटवल, रुपन्देही, कान्ति मावि बुटवल रुपन्देही र शान्ति नमुना मावि मणिग्राम रुपन्देही टप १५ मा परेका छन् ।