२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

तुलसीपुर २ मा वडाध्यक्ष कप भलिबल तथा घैटा फोड प्रतियोगिता सुरु

दाङ, १८ जेठ । तुलसीपुर उपमहानगरपालिका २ मा वडाध्यक्ष कप भलिबल तथा घैटा फोड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन एक समारोहकाबीच नगरप्रमुख टिकाराम खड्काले गरे । 

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले खेल स्वास्थ्य र राष्ट्रका लागि मात्र नभइ पहिचानका लागि समेत भएको बताए । उनले अनुशासनका साथै आफू स्थापितका हुनका लागि खेल आवश्यक रहेको बताए । उनले  सबै खेलका विधामा खेलाडीलाई  प्रोत्साहन गर्न उपमहानगर तयार रहेको बताए । 

प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका  २ र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजना तथा स्थानीय युवा परिषदको सहकार्यमा सुरु गरिएको हो । प्रतियोगितामा ९ टिमको सहभागिता छ । वडाध्यक्ष भीमबहादुर योगीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नगरस्तरीय युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गरेका थिए । 

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस