२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

सगरमाथा बोर्डिङ स्कुलमा निर्वाचनद्वारा सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी चयन

दाङ, १८ जेठ । तलसीपुरमा विद्यार्थी बाटै असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता अभिबृद्वि र प्रजातान्त्रीक प्रणालीबारे जानकारी दिन सगरमाथा बालबाटिका बाेर्डङ स्कुलमा मतदान द्वारा सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल चयन गरिएकाे छ ।

 तुलसीपुर ९ बेलुवामा रहेकाे सगरमाथा बालबाटिका बाेर्डिङ स्कुलले निर्वाचनको अायाेजना गरि असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता अभिबृद्वि र प्रजातान्त्रीक प्रणालीबारे जानकारी दिन सगरमाथा बालबाटिका बाेर्डङ स्कुलमा मतदान द्वारा सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल चयन गरिएकाे हो ।

मतदान कार्यक्रममा विद्यालयकाे वार्षिक क्यालेन्डर अनुसार जेष्ठ१८ गते निर्वाचन सम्पन्न भएको र विद्यालय स्तरबाटै विद्यार्थीलाई सफल नेतृत्व चयन गर्न सकेमात्र सभ्य र पारदर्शी समाजको निर्माण हुन सक्ने र व्यवहारीक ज्ञानमा जोड दिदै प्रजातान्त्रीक अभ्यासले आफूमा सफल नागरीक छनाेट गर्न सक्ने, उचित निर्णनय लिनुकाे साथसाथै पढाईमा सहयाेग पुग्ने विद्यालयका प्र.अ. छवि कुमार वली बताएका हुन । 

शुक्रबार बिहान ७ बजेबाट सुरू भएकाे निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विध्यार्थिहरूकाे सकृय सहभागिता रहेकाे मतदान अधिकृत शरद सर्मा मज्गैयाले बताएका हुन । त्यस्तै, निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएकाे अर्का मतदान अधिकृत ठाकुर डाँगीले बताएका हुन । 

निर्वाचनबाट सगरमाथा चाइल्ड क्लबको अध्यक्षमा सम्राट चौधरी बिजयी भएका हुन । क्लबको उपाध्यक्षमा महेश वली, सचिवमा श्रृष्टि बस्याल, कोषाध्यक्षमा अनु रसाईली, महिला सदस्यमा विन्दु खनाल,  खुल्ला सदस्यमा प्रीन्सेस गुरूङ र अनिस्का डाँगी बिजयी भएका हुन । 

त्यस्तै सगरमाथा क्वालिटी सर्कल तर्फ (सिक्यूसी) को अध्यक्षमा अमित नेपाल निर्वाचित भएका हुन । सर्कलको उपाध्यक्षमा गौरव  भुषाल, सचिवमा मिसन केसी, कोषाध्यक्षमा भुवन वली, महिला सदस्यमा मनिसा वली, खुल्ला सदस्यमा अञ्जली विक र शैलेस केसी बिजयी भएका हुन ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस