२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

अनेमसंघ क्रान्तिकारी घोराहीको संगठन विस्तार जारी

दाङ, १९ जेठ । नेकपा माओवादी केन्द्रनिकट अनेमसंघ क्रान्तिकारी घोराही नगर समितिले विभिन्न वडामा संगठन विस्तार अभियान सञ्चालन गरेको छ ।

सोही क्रममा वडा नम्बर १९ मा थमा घर्तीको अध्यक्षतामा ४१ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्ष बमकुमारी नेपाली, सचिव सृष्टि कामी, सहसचिव रामकली घर्ती र कोषाध्यक्ष सावित्री पुन लगायत रहेका छन । 

बमकुमारी नेपालीको अध्यक्षतामा भएको भेलालाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका घोराही नगर सहसचिव शक्तिराम डाँगी, महिला संगठनका नगर अध्यक्ष नैना चौधरी, सहसचिव दिलकुमारी घर्तीलगायले सम्बोधन गरेका थिए ।

त्यस्तै वडा नम्बर ९ मा भएको भेलाले दिपा सिद्धिकी मियाँको अध्यक्षतामा वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा दिलकुमारी रोका, सिता चौधरी र फर्कीमायाँ रोका मगर, सचिव पदमा चौधरी, सहसचिव उमा चौधरी र कोषाध्यक्ष रमा चौधरी लगायत रहेका थिए ।

सिद्धिकीको अध्यक्षतामा भएको भेलालाई प्रमुख अतिथि माओवादी केन्द्र घोराही नगर अध्यक्ष खिमबहादुर चौधरी, सहसचिव शक्तिराम डाँगी, महिला संगठनका नगर अध्यक्ष नैना चौधरी, नगर सहसचिव दिलकुमारी घर्ती, पार्टीका नगर सल्लाहकार हिक्मत गोठालो, वडा इञ्चार्ज संघर्ष, वडा अध्यक्ष माघु चौधरी, उपाध्यक्ष भुपेन्द्रा शाही, सचिव बमबहादुर पुन, सदस्य बलबहादुर डिसी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस