२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

तुलसीपुरनगर जेसिजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न

दाङ, १९ जेठ । तुलसीपुरनगर जेसिजको सप्ताह व्यापी कार्यक्रम सम्पन्न भएको छ । आज जेसिजले सहयोग सम्मान तथा समापन कार्यक्रम गरे सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको हो । इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाले तुलसीपुरनगर जेसिजले समाजका लागि अनुकरणीय कार्य गरेको जिकिर गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख बुढाले यस संस्थाले युवाहरुको नेतृत्व विकास मात्र नभई अन्य सामाजिक कार्य गर्दै आएको जिकिर गरे । यद्यपी यस संस्थाले आगामी दिनमा सरकारसंग पनि समन्वय गरेर सामाजिक कार्यलाई अगाडी बढाउने आशा राखेको औँल्याए ।  

त्यस्तै कार्यक्रममा पूर्वअध्यक्षहरु झरेन्द्र खरेल, मोहन सुनार, दाङ महिला जेसिजका कार्यवहाक अध्यक्ष अर्चना शर्मा, लमही जेसिजका अध्यक्ष मुकेश चौधरी, त्रिभुवनगर जेसिजका अध्यक्ष रविकिरण केसी, राष्ट्रिय समाचार समिती दाङ प्रमुख नारायणी रजौरे, महिला अधिकारकर्मी सुष्मा गिरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

त्यस्तै तुलसीपुरनगर जेसिजले साता व्यापी कार्यक्रमको अन्तिम दिन तुलसीपुर उपमहानगरपालिका ३ निवासी चन्द्रविर वली र उनका परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । चन्द्रविरले तुलसीपुर ३ साततल्ले स्थित खमारी जाने बाटो ३ किलोमिटर एक्लैले खनेर बनाएका थिए । त्यस्तै चन्द्रविरले समाजमा सकारात्मक कार्य चन्द्रविरले समाजमा सकारात्मक तथा विकास निमार्णको कार्य गरेको भन्दै उनलाई कदरपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेको हो । 

जेसिजले आफ्नो साता व्यापी कार्यक्रम अन्र्तगतको अन्तिम दिनको कार्यक्रमलाई लक्षित गरेर वली र परिवारलाई खाद्यान्न, जिन्सी, नगद पाँच हजार गरी ३० हजार बराबरको सहयोग पनि गरेको  छ । चन्द्रविर बाहेक उनको अन्य परिवारका सदस्यहरु सबै दृष्टिबिहीन छन् । त्यस्तै कार्यक्रमका मुलसंयोजक सुरज भण्डारीले साता व्यापी कार्यक्रमका संयोजकहरुलाई कदरपत्रले सम्मान गरेका थिए । 

तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शालिकराम वलीले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रम संयोजक तुफान सापकोटाका स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कमलप्रकाश शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस