२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

दलित समुदायमा अझै विभेद

दाङ, २१ जेठ । मुलुुकको संविधानले जातका आधार गरिने विभेद र छुवाछुतको अन्त्य गरेपनि विद्यमान समाजमा जातका आधारमा गरिने विभेद अझै कायमै रहेकाले दलित समुदाय कानुुनी रुपमा जातिय विभेदको पूर्ण अधिकार प्राप्त गरे पनि व्यवहारमा अझै विभेद भोग्ने गरेका छन् ।

‘‘सम्पूर्ण उत्पीडित दलित समुदाय एक हौंऔं ’’ छुवाछुत उन्मुलन दिवसको अवसरमा जातिय समता समाज दाङले आयोजना गरेको विद्यमान सामाजिक अवस्था र छुवाछुत उन्मुलन दिवसको महत्व विषय अन्र्तक्रिया कार्यक्रमा सहभागीहरुले यस्तो बताएका हुन । 

समाजका जिल्ला अध्यक्ष सुुर्यलाल नेपालीको अध्यक्षता तथा समाजका केन्द्रीय महासचिव भक्त विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका थिए । दलित समुदायका लागि जातिय विभेद मुक्त अधिकार प्राप्त गरे पनि सामाजिक तथा व्यवहारिक रुपमा दलित समुदायमा माथि अझै जातका आधारमा गरिने विभेद कायमै रहेकाले अब दलित समुदायले विभेद वा भेदभाव रहित समाज र व्यवहार खोजी गरिरहेको कार्यक्रमका प्रमुख समाजका महासचिव विकले बताएका हुन ।

कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा दाङका अक्ध्यक्ष गणेश आचार्य, दलित संघ दाङका अध्यक्ष बाबुुराम विश्वकर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष धुुव्रकुमार गहतराज , दलित सेवा संघकी जिल्ला अध्यक्ष लिला नेपाली समता समाजका पूर्व जिल्ला अध्यक्ष देवबहादुर बिक, प्रतिरोध ज्ञान अभियानका संयोजक प्रमोद धिताल, नेपाल पत्रकार महासंघ दाङका सदस्य गिरिराज नेपाली , श्रमिक समाजका केन्द्रीय सदस्य विष्णु नेपाली , दलित अभियान्ता भिम बहादुर नेपाली –वादी) र जुद्ध नेपाली लगायतकाले भनाई राखेका थिए । समाजका सहसचिव पोषण नेपालीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण बलदेव विश्वकर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस