
दाङ, २३ जेठ । पर्यावरण संरक्षण र अधिकारका सवालमा मानव समुदाय सजक बन्न नसक्दा पर्यावरण संकटमा परेका पर्यावरणको संरक्षणमा सजक बन्नुुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्वच्छ नेपालको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १६आयोजित ५१ ऋौं विश्व वातावरण दिवसको सम्पन्न अन्र्तक्रिया तथा विद्युतिय प्रर्दशनी कार्यक्रममा सहभागीहरुले यस्तो बताएका थिए ।

स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरी आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यता एवं सामुदायिक वन महासंघकी केन्द्रीय सदस्य सावित्री राना एवं वातावरण सहजकर्ता सुुबोध रेग्मीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष डिसीले पर्यावरण अधिकार र संरक्षणमा सबै सजक बन्नुुपर्ने बताएका हुन । मानविय क्रियाकलाप तथा प्राकृतिक स्रोत साधनहरुको अत्याधिक दोहन र विकासमा नाममा हुने विनासका कारण प्रकृति नै अप्ठेरोमा परेकाले विश्व जगतले नै पर्यावरण संरक्षण र अधिकारका सवालमा सोच्नुुपर्ने बेला आएको बताएका हुन ।
कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन महासंघका केन्द्रीय सदस्य सावित्रा रानाले नेपालको मुुख्य सम्पत्तिमा रहेको प्राकृतिक सम्पदा, स्रोत र साधनहरु बच्न सकेमा मात्रै मानव अस्तित्व पनि बच्ने बताएका हुन । प्राकुृतिकको स्वच्छता रहेमा मानव समुदाय स्वस्थ रहेन, प्राकृतिक बचाउन सके मानव बाँच्ने र पर्यावरणको अधिकार खोसिएमा मानव समुदायको बाँच्ने अधिकार समेत खोसिने भएकाले प्रकृति र मानव समुदायको दोहोरो बाँच्ने बचाउने सम्वन्धलाई मानव समुदाय नै ख्याल पुुयाउनुुपर्ने बताएका हुन ।
कार्यक्रममा वातावरण सहजकर्ता सुवोध रेग्मीले मानव समुदाय आफ्नै बानी व्यवहारका कारण वातावरणको अवस्था विस्तार बिग्रिदै गइरहेकाले त्यो सँगै मावन समुदाय समेत प्रभावित बनिरहेको बताएका हुन । जसका लागि बेलैमा मानव समुदायले पर्यावरणको अधिकार बचाउन नसके मानव समुदाय पनि समेत विश्वव्यापी रुपमा संकटमा पर्न सक्ने बताएका हुन । उक्त कार्यक्रममा अवसरमा आयोजित विद्युतिय चुलो प्रर्दशनी ७० जनाले विद्युतिय चुलो अवलोकन समेत गरेका थिए । स्वच्छ नेपालकी जिल्ला सदस्य प्रतिक्षा अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए ।