२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

मोबाइल तथा इलेक्ट्रोनिक्स समितिद्वारा आर्थिक रकम सहयोग

दाङ, २३ जेठ । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेठ १९ गते आएको हावाहुरीले घर भत्कदा च्यापिएर मृत्यु भएका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १२ बस्ने भगवान खत्रीको परिवारलाई मोबाइल तथा इलेक्ट्रोनिक व्यवसाय समितिले आर्थिक सहयोग गरेको हो । खत्री परीवारको आर्थिक अबस्था नीकै कम्जोर रहेकाले मोबाईल समीतीले आर्थीक सहयोग गरेको हो । 

खत्रीको काज कीरीया बसेकै ठाउमा पुगी राहत स्वरूपको नगत रकम रु . २५,२५५ प्रदान गरिएको हो । एक औपचारिक कार्यक्रम गरि रकम पर्दान गरीयको हो । शेषमणि भण्डरीको प्रमुख प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा ज्ञान बहादुर बस्नेत अतिथिहरू थुमन विश्वकर्मा, शीतल रामबहादुर बस्नेत, प्रकाश बस्नेत, मिनराज वलि, लगायतका मोबाइल व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुरज भण्डारीले बेरोजगार भएका पीडितहरूलाई रोजगारीको अवसर प्रदान गर्ने समेत बताएका  थिए । खत्री की छोरीको पढाइ खर्च समेत निःशुल्क बनाउनेमा पहल समेत गर्ने भण्डारीले बताएका थिए । विशिष्ट अतिथि ज्ञानबहादुर बस्नेतको मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य नवीन ओलीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस