२०८३ असोज ११ गते आइतवार | 2026 September 27th Sunday

सल्यानको कपुरकोटमा ग्रिन वेल्ट जोनको शुभारम्भ

सल्यान, २३ जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा ग्रिन वेल्ट जोन ( हरियाली क्षेत्र ) कार्यक्रमको शुभारम्भ गरिएको छ । बिश्व बाताबरण दिबसका अवसर पारेर ग्रिन वेल्ट जोन कार्यक्रमको शुभारम्भ गरिएको हो । कपुरकोट गाउँपालिका र बनस्पती अनुसन्धान केन्द्रको साझेदारीमा राप्ती लोकमार्ग अन्तर्ग दक्षिण कालिका मन्दिर सामुन्यमा रहेको ट्राफिक प्रहरी पोष्ट देखि मुलपानी बनस्पती उद्यान बिचको करिब ४ किलोमिटर सडक क्षेत्रलाई ग्रिन वेल्ट जोन क्षेत्र बनाइएको छ ।

ग्रिन वेल्ट जोन बनाइएको सडकको छेउँमा कपुरकोटको चिनारी दिने कपुर,मालागेडी,सुगन्धकोकिला तेजपात,गुराँस,रुद्राक्ष लगायतका एक हजार बढी बिरुवा लगाइने छ । मनोबैज्ञानिक रुपमा दुर्घटना न्यूनिकरण गर्न ग्रिन वेल्ट जोनको अबधारणालाई अघि सारिएको बनस्पती अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा.मित्र पाठकले जानकारी दिएका हुन । ग्रिन वेल्ट क्षेत्रमा लगाइएका बिरुवाको सुरक्षाका लागि प्लान गार्डको समेत ब्यबस्था गरिने छ । सडकको छेउँछाउँमा पर्याबरण तथा बाताबरण संरक्षणका लागि सचेतनामुलक स्तम्भ,होर्डिङ बोर्ड आकर्षक फलामको सिक्रि लगायतका सामाग्री समेत राखिने छ ।

ग्रिन वेल्ट जोनमा लगाइएको बिरुवामा आफ्नो बिशेष दिन तथा दुर्घटनामा परी ज्यान गुमाएका आफन्तीको सम्झनामा परिचय झल्कने बोर्ड सहितको प्लान गार्ड राख्न सकिने ब्यबस्था मिलाइएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताएका हुन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस