दाङ, २४ जेठ । लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा दाङका भुबन चौधरी बिज्ञकोरुपमा नियुक्त भएका छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले घोराही १६ घर भएका चौधरीलाई नियुक्त गरेका हुन । चौधरी एमाले घोराही उपमहानगरको अध्यक्ष भइ काम गरिसकेका छन भने हालै एमाले दाङको जिल्ला सदस्यमा निर्बिरोध चयन भइसकेका छन ।
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार