
काठमाडौ, २८ जेठ । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले आफ्नो २५ औँ बैवाहिक वर्षगाँठको अवसर पारेर तयार गरेकाे म्युजिक भिडियो चाडै नै सार्वजनिक गर्दै छन् । ‘अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी शिवाकोटी र समाजसेवी गणेश प्रसाईंकी धर्मपत्नी देवी शिवाकोटी प्रसाईंकाे स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाई प्रहिल कार्कीको निर्देशन रहेको छ ।
केहि दिनअघि २५ औ बैवाहिक वर्षगाँठ मनाउँन नेपाल आएको बेला उनले आफनी श्रीमती देवीलाई डेडिकेटेड गर्दै चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भब्य रुपमा भिडियोको छायांकन गरेका थिए जसको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको र केहि दिनमै सार्वजनिक गरिने समाजसेवी प्रसाईंले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार