२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

दंगीशरण ६ र तुलसीपुर २ जोड्ने खडगपुर पोटलीमा झोलुङ्गे पुलको सिलन्यास

दाङ, २९ जेठ । दंगीशरण ६ र तुलसीपुर २ जोड्ने खडगपुर पोटली झोलुङ्गे पुलको सिलन्यास गरिएको छ । संघीय सरकारको बिनियोजित  ९७ लाख, ४८ हजार १ सय, एघार पैँया लागत अनुमान सहित निर्माण हुन लागेको झोलुङ्गे पुलको सोमबार एक कार्यक्रमकाबिच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सिलन्यास गरेका हुन् ।

पुल सिलन्यासको अवसरमा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले अन्तरपालिकाका २ वटा वडाहरुलार्इ जोड्ने पुल निर्माणको कामले त्यहाँका नागरिकहरुलाई गाउँदेखि सहरसम्म जोडिन सहजहुने बताए । दंगीशरण ६ को बिकट ठाउँको रुपमा रहेको खडगपुरका नागरिकहरुलाइ पुल निमार्ण पश्चात आवागमनमा समेत सहयोग पुग्ने अध्यक्ष गिरीको भनाइ छ । फरक प्रसङ्गमा अध्यक्ष गिरीले पुल निर्माणका लागी पर्याप्त बजेट बिनियोजन नभएपनि संघ सरकार संग पहल गर्न कुनै कसर बाँकी नराख्ने बताए । 

त्यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले ठेकेदारहरुको लापरबाहीले गर्दा विकास निर्माणमा समस्या आउनुका साथै नागरीकहरुले सास्ती पाउने गरेको बताइन् । समयमा योजना निर्माण नगर्ने र आएको बजेट समेत फ्रीज गराउने सम्म कार्य हुदै आएको भन्दै ठेकेदारको लापरबाही प्रती आक्रोस व्यक्त गरिन् । 

सोही अवसरमा दंगीशरण गाउँपालिका वडा न ६ का वडा अध्यक्ष रोशन जंग शाहले आफुले झोलुङ्गे पुललाइ अलि आधुनिक किसिमको बनाउन कम्तीमा पनि अटो मोटरसम्म चल्न सक्ने बनाउने सोचमा रहेको बताएका छन् । तर त्यस्तो पुल निर्माण गर्न बजेट अपर्याप्त देखियपछि नागरीकहरु आवतजावत गर्ने किसिमको १२० मिटर लम्बाइको झोलुङ्गे पुल सिलन्यास गर्नआफुहरु सफल भएको बताए । 

त्यस्तै दंगीशरण ५ का वडा अध्यक्ष निरज बस्नेतले पुल समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे । पुल निर्माणपछि २१३ घरधुरीका १२७८ जना नागरिक प्रत्यक्ष लाभान्वित हुने वडा अध्यक्ष रोशन जङ्ग शाहले बताए । २०८१ साल जेठ २१ गते सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतीष्ठान नेपाल तुलसीपुर दाङले गर्ने छ भने पुलको निर्माण कार्य २०८२ जेठ २० गतेसम्म सक्नु पर्ने लक्ष्य छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस