
सल्यान, २९ जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा आयोजित तेस्रो गाउँपालिका अध्यक्ष कपको भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ भने ब्याडमिन्टन प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले जितेको छ । भलिबल प्रतियोगतामा वडा नम्बर १ उपबिजेता बनेको छ भने वडा नम्बर ४ तृतिय भएको छ । यस्तै ब्यबाडमिन्टन प्रतियोगितामा वडा नम्बर ६ उपबिजेता बनेको छ भने वडा नम्बर ५ तृतिय भएको छ । कालिका माध्यमिक बिद्यालयको पुरानो खेल मैदान कपुरकोटमा सोमबार देखि सुरु भएको प्रतियोगितामा भलिबलमा प्रथम हुनेले ३० हजार द्धितिय हुने वडाले २० हजार र तृतिय हुनेले १० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै ब्याडमिन्टन प्रतियोगितमा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुने वडाले ५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
खेलाडीलाई पुरस्कार बितरण गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकामा खेलकुदको बिकास गर्न अध्यक्ष कपको आयोजना गरिएको बताएका हुन । उनले यस बर्ष पुरुषको मात्रै खेल सञ्चालन गरिएता पनि अर्को बर्षबाट महिलाको सहभागिता हुने गरी अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरिने बताएका हुन । कार्यक्रम ब्यबस्थापक जिबराज केसीले सहजिकरण गरेको पुरस्कार बितरण कार्यक्रममा गाउँपालिलका उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष होम कहादुर खड्का लगायतकाले प्रतियोगितामा सफल्ता हाँसिल गर्ने खेलाडीलाई बधाई दिएका थिए ।