२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

लुम्बिनी प्रदेश तेक्वान्दो संघद्वारा सरसफाई सप्पन्न

दाङ, १ असार । ओलम्पीक डेको अवसरमा लुम्बिनी प्रदेश तेक्वान्दो संघले आज सरसफाई गरेको छ । 

ओलम्पिक डे २०२४ का अवसरमा आज (शनिबार) बिहान तुलसीपुरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरीसंगै तुलसीपुर ८ दुधेनामा रहेको  लुम्बिनी प्रदेश तेक्वान्दो कबर्डहल परिसरमा सरसफाई गरेको हो । 

त्यस अवसरमा लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष विमल रिजालले खेलकुद क्षेत्रको विकासको लागि आफु निरन्तर लागि परेको बताएका हुन । उनले तेक्वान्दो  खेलमा लुम्बिनी प्रदेशलाई देशकै उत्कृष्ट बनाउने गरी काम भइरहेको बताएका हुन ।  

राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक सुमन घलेले खेलमा अनुशासन हुनुपर्नेमा जोड दिएका हुन । खेलाडीको क्षमता विकासको लागि विभिन्न समयमा प्रशिक्षणात्मक कार्यक्रमहरु गरिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताएका हुन । 

सरसफाई कार्यक्रममा विभिन्न डोजाङका खेलाडीहरुको सहभागिता रहेको प्रेस सल्लाहकार दीपक कुमालले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस