२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

नेपाल आइडलकाे विजेता बने करण परियार

काठमाडौ, ९ असार । ‘नेपाल आइडल’ पाँचौं संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे । विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस