२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

मिडवेस्ट प्वाइन्ट एकेडेमीमा एनसिसि क्याडेट छनौट कार्यक्रम सम्पन्न

दाङ, १० असार । पश्चिम दाङको खैरेनीमा रहेको मिडवेस्ट प्वाइन्ट एकेडेमीमा एनसिसि क्याडेट छनौट कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रणशिहं दल गण भरतपुर दाङका सेनानी थम्मन गुरुङको प्रमुख आथित्यतामा सि.स. ५० औं डिभिजन राष्ट्रिय सेवा दलका लागी एनसिसि क्याडेट तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको विद्यालयलले जनाएको छ ।

सो अवसरमा सेनानी गुरुङले राष्ट्रिउ सेवा दलको परिचय, कार्य तथा राष्ट्रप्रतिको जिम्म्वारीमाथि प्रकास पार्नुभएको थियो । यस्तै १९ नम्बर बाहिनि अड्डा तुलसीपुरका सह–सेनानी नारायण गुरुङ, १९ नम्बर फिल्ड एम्बुलेन्स गुल्मका उप–सेनानी डा. सौगात घिमिरे, अभिभावक, शिक्षकलगाएतको सहभागिता रहेको थियो । विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रा सञ्जु भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक पुर्ण बोहराले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार
प्रतिक्रिया दिनुहोस