२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

उपचारगर्ने पैसा नहुदा अस्पताल देखि घर फर्किएको परिवारलाई समाजसेवी युवाहरु द्वारा आर्थिक सहयोग

दाङ, १० असार । आर्थिक अवस्था निकै कम्जोर भै सब परिवा मृत्यु संग लडेर बाचिरहेको एक परिवारलाई केही समाजसेवी युवाहरुको नेतृत्वमा उठेको आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रामनगर टोलमा मृत्यु संग लडेर बाचिरहेकी अनिता सुनारको  परिवारलाई केही समाजसेवी युवाहरुको नेतृत्वमा उठेको आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्  ।

केहि समय अगाडि निकै कष्टकर जीवन बाट गुर्जी रहेका ससुरा , बुहारी र श्रीमानको भिडियो सहयोगको अपिल गर्दै रियल मिडिया नेपाल युटुब च्यानल बाट सार्बजनिक गरिएको थियो । 

यस्तै रियल मिडिया नेपालबाट सार्वजनिक गरिएको आर्थिक अभावको कारण कष्टकर जीवन बिताइरहेका आर्थिक अवस्था निकै कमजोर परिवारको सहयोगको भिडियो आफू हरुले हेरेपछि आफुहरुलाई पनि त्यो अभियानमा जोडिएर सकेको सहयोग गर्नु पर्छ भन्ने सोचका साथ आफुहरुले त्यो अभियान संचालन गरेको युवा समाजसेवि बिरेन्द्र बिक ले बताए । 

यस्तै अर्का युवा समाजसेवी सुदर्शन सुनारले आफू हरुले बिगतमा कतिपय गरिब दुखीको घर घरमै पुगि सहयोग पनि गरेको र कति ठाउँमा आफुहरुलाई जानकार नहुने तर मिडियाबाट थाहा पाए पनि आए पनि आफुहरुले सहयोग गरेको र यस् पट्क पनि मिडिया मार्फत अफुहरुले थाहा पाएको हुँदा त्यस पछि आफुहरुले केही फर्जुल खर्च कटाएर सहयोग गरेको बताए ।

यस्तै उनीहरुले बिरामिले भने जस्तै सामाजिक इकाइ कोश सम्म बिरामी पुग्दा पनि पैसा छैन भनी उपचार नभई घर फर्किने बाध्य हुनुपर्ने स्थिति आउनु निकै दु:खद कुरा भएको र त्यो बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने समेत उनी हरुको भनाइ थियो ।

त्यस्तै बिरामी अनिता सुनारले आफनो स्वास्थ्यको लागी सामाजिक इकाइ कोश बाट पनि गरिब दुखिको उपचार गरिने भनेर सरकारले बजेट छुटाएको हुन्छ भन्ने थाहा पाएर त्यहाँ सम्म गएको तर कहिँ कतैबाट आफुलाई उपचारमा सहयोग नमिले पछि मिडिया मार्फत सहयोगको अपिल गरेको र त्यसपछि आफुलाई  सहयोग उठ्दा आफूलाई उपचार गर्न सहज भएको उनी बताउछिन् ।

दङ तुलसीपुरका युवा समाजसेवी बिरेन्द्र बि.क , सुदर्शन सुनार , दिलिप वलि, बिकाश वलि, अजय दुलाल सहितको टिमको नेतृत्वमा उठेको रु. ५५ हजार ५७० नगत सहयोग गरिएको थियो । यस्तै अन्य माध्यमबाट पनि आफुलाई सहयोग आइरहेको अनिताले बताएकी छिन ।

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार
प्रतिक्रिया दिनुहोस