२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

दलित संघ तुलसिपुर नगरको अध्यक्षमा सेर्पाईली चयन

दाङ, १० असार । नेपाल दलित संघ तुलसिपुर उपमहानगरपालिकाको नगर भेला सम्पन्न भएको छ । दलित संघ दाङका अध्यक्ष बाबुराम बिस्वकर्माको अध्यक्षतामा  र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद गेहेन्द्र गिरीको प्रमुख अतिथ्यमा कार्यक्रम उद्घाटन भएको हो ।

भेलाले सन्दिप सेर्पाइलीको अध्यक्षतामा सर्वसम्मत नगर कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा राज कुमार नेपालि, सुनिता नेपालि, सचिवमा सम्झना परियार, सदस्यहरुमा अजय बिक, शिव सुनार, चन्द्र बहादुर नेपालि ,  बेद बहादुर बिक, प्रेम वि. क , जित बहादुर वि. क चयन भएको छन । 

कार्यक्रममा नेपाली कांग्रेस दाङका निवर्तमान जिल्ला सभापति कृति बहादुर खड्का, पुर्व जिल्ला सभापती घनश्याम रेग्मी, महाधिबेसन प्रतिनिधि केशब आचार्य, दलित संघ लुम्बिनि प्रदेश अध्यक्ष तथा महाधिबेसन प्रतिनिधि जोगेन्द्र बिस्वकर्मा, तरुण दल जिल्ला अध्यक्ष तथा महाधिबेसन प्रतिनिधि टिका घर्ती, महाधिबेसन प्रतिनिधि अरुन लहरे, पुर्व जिल्ला सचिब टेक बहादुर वली, पुर्व जिल्ला सहसचिब सुरेन्द्र खड्का, जिल्ला सदस्य मुक्ति बादि, पुर्व जिल्ला सदस्य जित बहादुर के सी, जिल्ला समनय सदस्य सरस्वती नेपाली, दलित संघ लुम्बिनि प्रदेश प्रवक्ता खेमराज सेन्चुरी, एकराज आचार्य, ईस्वरी सुनार, गोपाल वि. क लागायतकाले मनतव्य राखेका थिए । 

मुक्ति बादिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिला उपाध्यक्ष प्रकाश नेपालिले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार
प्रतिक्रिया दिनुहोस