
दाङ, १० असार । तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष २ अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले सोमबार आर्थिक वर्ष २०८१ / ८२ का २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३५१ रुपैयाँको बजेट सार्वजनिक गरिन् ।
उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशु तर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैयाँ बजेट शिक्षामा छुट्याएको छ ।
पशु तर्फ कुल बजेटको १.०२ प्रतिशत अर्थात दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य तर्फ नौ करोड ५९ लाख ४० हजार, कृषि तर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शीर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार