२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

एसईईमा फेल भएकाले पनि मौका परीक्षा दिन पाउने

काठमाडौ, १४ असार । एसइईको नतिजामा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन् । 

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस