२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

एसइई नतिजामा दाङबाट घिमिरे र नेपालिले लिए ४ जिपिए

दाङ, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा अनुसार दाङबाट सहभागी भएका आयुष्मा घिमिरे र बिक्रम नेपालीले ४ जिपिए प्राप्त गरेका छन् । घिमिरे माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल घोराहीकी छात्रा हुन् भने नेपाली सिद्धार्थ एकेडेमी घोराहीका छात्र हुन् । यस वर्ष दाङबाट एसइईमा सहभागी विद्यार्थीमा ४८ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । कुल १२ हजार २ सय ३६ विद्यार्थी सहभागी भएको एसइई परीक्षामा दाङमा ६ हजार ३ सय ३७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

दाङमा ५ हजार ८ सय ९९ जनाको नन् ग्रेड आएको छ भने १ देखिमाथि र २ भन्दा तल जिपिए पाउने कोही छैनन् । त्यस्तै २ देखिमाथि २ दशमलव ४ भन्दा कम जिपिए ल्याउने ४५ जना, २ दशमलव ४ भन्दा माथि २ दशमलव ८ भन्दा कम जिपिए ल्याउने ८ सय १८, २ दशमलव ८ भन्दामाथि ३ दशमलव २ भन्दा कम जिपिए ल्याउने २ हजार १ सय ९१ छन् । यस्तै ३ दशमलव २ देखिमाथि ३ दशमलव ६ देखि कम जिपिए ल्याउने २ हजार २ सय २४, ३ दशमलव ६ भन्दामाथि ४ भन्दा कम जिपिए ल्याउने १ हजार ५७ जना र ४ जिपिए ल्याउने २ जना छन् ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस