२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

दाङ शान्तिनगरमा तिन दिने आधारभुत पत्रकारिता तामिल सुरु

दाङ, १८ असार । शान्तिनगरमा ३ दिनेआधारभुत पत्रकारिता तामिल सञ्चालनमा आएको छ । शान्तिनगर गाउँपालिका ७ को सहयोगमा तथा रिसर्च राप्ती मिडिया प्रालिको व्यवस्थापनमा सोमबारदेखि तालिम सञ्चालन  भएको हो । प्रालिका प्रबन्धक विकास डाँगीका अध्यक्षतामा एवं शान्तिनगर ७ का वडाध्यक्ष तारा बहादुर वलीको प्रमुख आतिथ्यता तथा शान्तिनगर ५ का वडाध्यक्ष ओपेन्द्र बहादुर रावतको विशिष्ट आतिथ्यमा  उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलीले आम नागरिकलाई सुसूचित पार्न पत्रकार र पत्रकारिताको महत्वपूर्ण योगदान गरेको भन्दै आवाज विहीनहरूको आवाजलाई बाहिर ल्याउन आग्रह गरे ।

उनले तालिम छोटो समय भएयता पनि यसबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरे । उनले अहिले भ्रामक सूचना धेरै आउँदा  नागरिकलाई भ्रमित हुने भन्दै भन्दै सत्य र तथ्य सूचना ल्याएर समाजलाई सुनिश्चित गर्न पत्रकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताए  । त्यसैगरी विशिष्ट अतिथि रावतले गाउँ समाजमा भएका कुराहरू समाचारको माध्यमबाट बाहिर ल्याउन आग्रह गरे । उनले भने,‘ पत्रकारहरूको भूमिका भनेको सत्यतथ्य कुराहरू बाहिर ल्याउनु हो । यदि हामीहरूले गल्ती गरेका छौँ, भने त्यो कुराहरू बाहिर ल्याउनुहोस । राम्रा र नराम्रो कुराहरू बाहिर आएमा हामी सँच्चिएर  काम गर्न सक्छौँ । मेरो मान्छे, हो ? ’

यस्तै उनले तालिममा सहभागीहरूलाई भरपुर रुपमा पत्रकारिताको  ज्ञान सिकेर असल पत्रकार बन्न आग्रह गरे । तालिमको पहिलो दिन पत्रकार नारायण खड्का, दिप्तीशिखा चौधरी, यज्ञ बहादुर बुढाले प्रशिक्षक दिएका थिए भने, कार्यक्रमको सहजिकरण सन्चारकर्मी एच.आर मगरले गरेका थिए । तालिमका ३० जना बढिको  सहभागि रहेको छ । 

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस