दाङ, १९ असार । दाङको तुलसीपुरमा ववई नदि तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन । उनका अनुसार इलाका प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली परिचालन गरी वेपत्ता चौधरीको खोजी कार्य भइरहेको छ ।
प्रकाशित मिति : २०८१ असार २० गते बुधवार