काठमाडौ, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले बिहीबार राजीनामा दिने भएका छन् ।
बुधबार नै राजीनामा दिने भनिए पनि केन्द्रीय समितिको बैठककाे कारण सम्भव नभएकाे एक नेताले जानकारी दिएका हुन । हालको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार