दाङ, २२ असार । आहा तुलसीपुर अभियानको नयाँ कार्यसमिति गठन गरिएको छ । शनिबार बसेको बैठक ले नयाँ कार्यसमिति चयन गरेको छ ।
निरज बस्याल को अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा तुफान वली, उपाध्यक्षमा सरिना के सी , सचिवमा अभिषेक दाहाल, सह सचिवमा ज्ञानुमाया बुढाथोकी, कोषाध्यक्षमा सुनित विक, सदस्यहरू रेणु भुषाल , घनश्याम काफ्ले र अजित सुनार चयन भएका छन् ।
संस्थाले समाजिक उत्तरदायित्व सँगै युवा उद्ममसिलता मा जोड दिने अध्यक्ष बस्यालले जानकारी दिएका छन । सुनीत विक को अध्यक्षतामा सम्पन्न भएको बैठक को सहजीकरण अभिषेक दाहालले गरेका थिए ।
प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार