२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

हिमाल एकाडेमीका ३१ जना विद्यार्थीले गरे रक्तदान 

दाङ, २४ असार । स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकाडेमिको आयोजनामा खुल्ला रक्तदान सम्म्पन्न भएको छ । दाङमा भएको रगतको अभाबलाइ पुर्ती गरि बिरामिको ज्यान बचाउने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान आयोजना गरिएको सर्कलले बताएको छ । सो अबसरमा ३१ जनाले रक्तदान गरेको बिधालयले जनाएको छ । एपस्ल रेड्क्रस रक्तसन्चार केन्द्र तुल्सिपुर दाङको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यालयका प्र अ नवीन कुमार पराजुलिले विद्यार्थीहरुमा मानवताको सेवा जागृत हुनु सकारात्मक भएको बताउदै एस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने बताएका थिए । 

विद्यालयका प्रधानाध्यापक मधुसुदन केसिले बिद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा विद्यालय सदैब हातेमालो गर्न तयार रहेको जनाउदै विद्यार्थीमा पठन पाठनको सङसङै सामाजिक उत्तर दायित्व पनि  बहन गर्नु पर्ने बताएका थिए । सर्कलका अध्यक्ष अन्जली शाह को सभाअध्यक्ष तथा कोर्डिनेटर विशेष श्रेस्ठले धन्यबाद ज्ञापन र सहजीकरण शिक्षक भिमलाल मरासिनिले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस