२०८२ असार ५ गते बुधवार | 2025 June 18th Wednesday

रुकुम पश्चिममा तीन जना बालिकाको मृत्यु

रुकुम पश्चिम, १ साउन । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु भएको छ । गएराति गिजागार खोलामा आएको बाढीले आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु हुनुका साथै एक जना वेपत्ता र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

मृत्यु हुनेमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । उनको खोजी जारी रहेको प्रहरीले बताएको छ । 

घाइतेहरु १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामीको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस