काठमाडौ, २ साउन । लगातार उकालो लागेको सुनको मूल्यले नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्यले करिब डेढ लाख पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ कायम गर्दै पुनःनयाँ रेकर्ड कायम गरेको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार (साउन १ गते) सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको छ ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।