काठमाण्डौ, ४ साउन । २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिपमा नेपालले आज राति दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति सवा ९ बजे मालेको सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघि हिजो भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको थियो ।
माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगितामा नेपालले लिगको तेस्रो तथा अन्तिम खेलमा भोलि आयोजक माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का रहेका छन् । सबै टिमले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ ।
प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार