२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

आर्थिक अभावले थला परेका बिकलाई अध्यक्ष बस्नेत आफ्नै खर्चमा उपचार गराए

दाङ, ४ साउन । बबई गाउँपालिका ७ चरकमटियाका गोपीलाल बिक मजदुर गर्ने पोखरा गएका थिए । उनी एक कम्पनीको घर निर्माण गर्ने क्रममा लड्दा दुई खुट्टा भाचिए । उनलाई कम्पनीमा पोखरा मै उपचार गरायो । करिब एक हप्ता पछि उनी घर फर्किए । उनको खुट्टामा रड राखिएको थियो । उक्त रड ६ महिना भित्र निकाल्न डाक्टरलाई सल्लाह दिएका थिए । तर, आर्थिक अभावका कारण उनले रड निकाल्न सकेका थिएनन् । आर्थिक अभावका कारण खुट्टामा रड बोकेर घरै थला परेका बिकले आफ्नो उपचारमा सहयोग गरिदिन बबई गाउँपालिकालाई आग्रह गरे । तर, गाउँपालिकाले उनको कुरा नसुनेपछि उनी शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतलाई आफ्नो समस्या सुनाए

। उनका अनुसार छ महिनामा रड निकाल्नु पर्ने थियो । आफू उपचारको लागि तुलसीपुर गएको र डाक्टरले एक्सरे गरेर ल्याउन भने पछि पैसा नहुँदा घर फर्किएको समेत बताए । शान्तिनगरका अध्यक्ष बस्नेतले उनको कुरा सुनेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गत ज्येष्ठ ल्याएका थिए । डाक्टरहरूको सल्लाह अनुसार उनको हड्डी राम्रोसँग नजमेको हुँदा केही समय पर्खन आग्रह गरेपछि शुक्रबार बिकको दुबै खुट्टाको रड निकालिएको छ । १० महिनासम्म पीडादायी रुपमा बसेका बिकले आज आफ्नो खुट्टाको रड निकाल्दा धेरै खुशी लागेको बताए ।  

उनले भने,‘ मसँग आर्थिक अभाव हुँदा निकै समस्या परेको थियो । दुबै खुट्टा भाँच्चिएपछि मलाई कम्पनीले उपचार गरेको थियो । त्यसपछि बाँकी उपचार गर्ने पैसा नहुँदा शान्तिनगरका अध्यक्षलाई भनेको थिए । उनले मेरा कुरा सुनेर आज मेरो निःशुल्क उपचार गरिदिए । आज धेरै खुशी लागेको छ । ’ यस्तै उनले आफू बबई गाउँपालिकाका नागरिक भएयता पनि गाउँपालिकालाई पटक पटक भन्दा वेवास्ता गरेको प्रति गुनासो गरे । शान्तिनगर गाउँपालिकाका अध्यक्ष बस्नेतले बिक आर्थिक अभावले थला परेको कुरा थाहा पाएपछि आफूले उद्धार गरी उपचार गर्न ल्याएको बताए ।

 ६ महिनामा निकाल्नु पर्ने रडहरु आर्थिक अभावका कारण ननिकालेर घरै थला परेको कुरा थाहा पाएपछि उनलाई आफ्नो व्यक्तिगत खर्चमा उपचार गराएको समेत उनले बताए । उनले भने,‘ मैले गोपीलाल आर्थिक अभावका कारण घर मै थला परेको कुरा थाहा पाए । उनी उपचारको लागि ३ महिना अगाडि ल्याएको थिए । डाक्टरको सल्लाह अनुसार नै आज डर निकालिएको हो ।’ उनका अनुसार खुट्टाको रड निकाल्न ३०/ ४० जति खर्च लाग्ने अवस्था थियो । तर, राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर हेमराज शर्माले निःशुल्क अप्रेसन गर्दा १५ / २० हजार जति खर्च भएको समेत बताए ।

उनले भने,‘ कसले के भन्छ म त्यता तिर लाग्दैन, मलाई यती थाहा छ, कर्म गर्नु पर्छ । आज, गोपीलाल धेरै दिनसम्म आर्थिक अवस्था कमजोर हुँदा खुट्टाको रड निकाल्न नसकेर बस्नु भएको थियो । उनको खुट्टामा रहेका रड निकाली घर पठाइयो, सेवा गर्न पाएकोमा खुसी छु । डा. हेमराज शर्मा लगाएत टिमलाई पनि धेरै धन्यवाद दिन चाहान्छु । मेरा लागि सबै ठाउँका  नागरिकहरु एक हुन् ।’

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस