२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

मोटरसाईकलको ठक्करबाट पोख्रेलको मृत्यु

दाङ, ५ साउन । दाङको घोराहीमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१६ निवासी ३८ वर्षिय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घोराही बजारबाट सर्रा तर्फ जाँदै गरेको लु ४५ प ७४२५ नम्बरको मोटरसाईकलले सर्रास्थित सुप्रिद्धि टाटा स्वरुम नजिकै सडकमा हिडिरहेका पोख्रेलाई शुक्रबार साँझ साढे ९ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पाल्पाको माथागढी गाउँपालिका–१ का २६ वर्षिय तेज बहादुर रेशमीको भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको अवस्था पनी गम्भीर रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस