दाङ, ७ साउन । तुलसीपुर स्थित कमलपोखरी योग साधना केन्द्र र रेडक्रस योग साधना केन्द्रको संयुक आयोजनामा कमलपोखरी योग साधना केन्द्रको हलमा गुरु पूर्णिमाको अवसरमा विविध कार्यक्रम गरी गुरुहरुलाई सम्मान गरिएको छ ।
योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमा योगगुरु निल प्रसाद सापकोटाले गुरु पुर्णीमाको महत्व र सान्दर्भिकताको बारेमा चर्चा गरेका थिए । गुरु पुर्णीमाले गुरु र चेलाको सम्बन्ध अझै मजबुत बनाउन सहयोग गर्ने बोल्ने वक्ताहरुले बताएका थिए ।
उक्त अवसरमा सालिकराम रजौरे , मनोज कुमार रेग्मी, झग्गु प्रसाद पोखरेल र बामदेव विष्ट लगाएतले आफ्नो विचार राखेका थिए । कमलपोखरी साधना केन्द्रमा साधक गुरु टंक ओली र सीता ओली का छोरा सरद ओली अध्यायनको सिलसिलामा अमेरिका जान लागेको उनलाई सम्मान तथा विदाई गरिएको थियो । साथै योगगुरु खगराज भट्टराई र सुसिला भट्टराई का छोरा समीर भट्टराईलाई सि.ए. पास गरेको अवसरमा सम्मान गरिएको योग सादक तुल्सिपुर ६ रजौरा निबासी नारायण प्रसाद अधिकारी ले जानकारी दिएका छन । उक्त कार्यक्रम को सहजिकरण बामदेव बिष्टले गरेका थिए ।